राजदूतको सन्देश

चीनमा रहनुभएका नेपाली नागरिकहरुलाई नेपाली राजदूत लीलामणि पौड्यालको सन्देश नमस्कार । चीनको हुबेइ प्रान्तको वुहानबाट शुरु भएको नोभेल कोरोनाभाइरसको संक्रमणले चीनमा रहेका हामी सबै नेपालीका साथै नेपालमा रहनुभएका परिवारजनलाई चिन्तित तुल्याएको छ । चिनियाँ नयाँ वर्षमा हुने ठूलो मात्राको मानव आवागमनले छिटो संक्रमण फैलिनसक्ने भएकोले चीनमा एक असाधारण परिस्थिति उत्पन्न भएको छ । चीनलाई आइपरेको अत्यन्त चुनौतीपुर्ण यस अवस्थामा चीन

कोरोनाभाइरस संक्रमण सम्बन्धी सार्वजनिक सूचना

सूचना मितिः २०७६/१०/०९ (२३ जनवरी २०२०) जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाईरसको संक्रमणका सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउन नेपाली राजदूतावास बेईजिङ हार्दिक अपिल गर्दछ। यो भाईरसको संक्रमणबाट जोगिन निम्न बमोजिमका तरिका अपनाउन सकिन्छ: – बिरामी मानिसहरुको सम्पर्कमा नआउने । – सकेसम्म भाईरस प्रभावित क्षेत्रहरुको यात्रा नगर्ने ।