कोरोनाभाइरस संक्रमण सम्बन्धी सार्वजनिक सूचना

सूचना

मितिः २०७६/१०/०९

(२३ जनवरी २०२०)

जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाईरसको संक्रमणका सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउन नेपाली राजदूतावास बेईजिङ हार्दिक अपिल गर्दछ।

यो भाईरसको संक्रमणबाट जोगिन निम्न बमोजिमका तरिका अपनाउन सकिन्छ:

– बिरामी मानिसहरुको सम्पर्कमा नआउने ।

– सकेसम्म भाईरस प्रभावित क्षेत्रहरुको यात्रा नगर्ने ।

– जीवित वा मृत जनावर ‍एवम् खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने ।

– साबुनपानीले बारम्बार हात धुने।

– साबुनपानी उपलब्ध नभएको अवस्थामा अल्कोहलयुक्त स्यानिटाईजरको प्रयोग गर्ने ।

– जनबादी गणतन्त्र चीन सरकारको स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाभाइरस संक्रमणका सम्बन्धमा जारी हुने   

  अद्यावधिक जानकारी लिइरहने एवम् सोही अनुरुपको सचेतना अपनाउने।

आपतकालीन सहयोगका लागि चीनमा रहेका देहायका नेपाली नियोगहरुमा सम्पर्क गर्नुहुन अनुरोध छः

  • नेपाली राजदूतावास, बेइजिङ

द्वितीय सचिव दीपक वि.क. फोन नं. १५६५०७२००६९

  • नेपाली महावाणिज्यदूतावास, ग्वाञ्जाओ

वाणिज्यदूत कुञ्जन शाह, फोन नं. १३३१०८८४८८०

  • नेपाली महावाणिज्यदूतावास, ल्हासा

वाणिज्यदूत जिम्सन रुम्दाली राई, फोन नं. १८८८९०९७७३०

  • नेपाली महावाणिज्यदूतावास, हङकङ

हटलाइन नं. (85२) ९८७९५०५७

  • अवैतनिक नेपाली वाणिज्यदूतावास, शांघाई

जेनेट लि, फोन नं. १३८१८३६९५५९

                                                                                  ***