दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्व शुभकामना आदान-प्रदान कार्यक्रम सम्बन्धी सूचना

वि. सं. २०८० को दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको पावन अवसरमा तपसील बमोजिमको स्थान, मिति र समयमा नेपाली राजदूतावास, बेइजिङले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्न लागेकोले चीनमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ। उक्त कार्यक्रममा आफ्नो सहभागिता सुनिश्चितता गर्न दिइएको लिंकमा गई वा QR code स्क्यान गरी यही मिति २०८०।७।९ गते विहीबार दिउँसो १२:00 बजे भित्र अनिवार्य दर्ता गर्नुहुन अनुरोध छ।

 

तपसीलः

स्थान: नेपाली राजदूतावास, बेइजिङ (Big Meeting Hall of the Embassy)

मिति : शनिबार, ११ कार्तिक २०८० तद्‍नुसार २८ अक्टोबर २०२३

समय: बेलुकी ४:०० देखि ७:०० बजे

 

कार्यक्रममा सहभागिता/दर्ताका लागि तयार पारिएको लिंक तथा QR Code

लिंक QR Code
 

   https://www.wjx.cn/vm/YmyQu2l.aspx

 

 

 

ध्यान दिनुपर्ने कुराहरुः

  1. कार्यक्रममा सहभागिताका लागि दर्ता अनिवार्य छ।
  2. कार्यक्रमस्थलमा प्रवेश गर्न राहदानी वा फोटो सहितको अन्य कुनै परिचय खुल्ने कागजात आवश्यक पर्नेछ।
  3. कार्यक्रममा नेपालका उच्च पदस्थ अधिकारीको समेत सहभागिता हुन सक्ने भएकोले मर्यादित रुपमा सहभागिताका लागि राजदूतावास हार्दिक अनुरोध गर्दछ।
  4. कार्यक्रममा सहभागीको संख्या अत्याधिक भएमा, तोकिएको मिति अगावै दर्ता बन्द गरिनेछ।

नेपाली राजदूतावास, बेइजिङ।

२०८०/७/४