वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा एकादशी - २६
अधिकृत वारेशनामाको लागि यस राजदूतावासमा सम्पर्क राख्नु हुने नेपालीहरुले देहायको विषयमा ध्यान दिनु पर्नेछ ।
१. सहिछापको लागि महामहिम राजदूतज्यू समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।
२. मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएबमोजिको लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट गरि तयार गर्ने अधिबक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित पेश गर्नुपर्नेछ ।
३. तयार भएको अधिकृत वारेसनामा २ प्रति सक्कल नै पेश गर्नुपर्नेछ । साथै अधिकृत वारेशनामा राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्नेछ ।
४. अधिकृत वारेसनामा दिनेको र अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता प्रमाणपत्र वा नोटरी पव्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ ।
५. किनारामा उल्लेख भएका साक्षीहरूको नागरिकताको प्रतिलिपी १ / १ प्रति हुनुपर्नेछ ।
६. अधिकृत वारेसनामा दिनेको नेपाली राहदानी र भिसा कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्ने छ ।
७. घर/जग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न गर्नुपर्नेछ । सवारीसाधन सम्बन्धि भए सवारी धनि पूर्जा सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ र शेयर सम्बन्धि भएमा शेयर धनि प्रमाण पत्रको सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ । मुद्दा-मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्दा-मामिला दायर गर्नु पर्ने भए सो को स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनेपर्ने ।
८. घर/जग्गा सम्बन्धी भएमा चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ ।
९. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालै खिचिएको (White Backgraound) २/२ प्रति फोटो ।
नेट : नियोगमा पूर्व समय लिन नियोगको इमेल:beijing@nepalembassy.org.cn वा कार्यालय टेलिफोन 0086-10-6532-1795, 0086-10-6532-3126 मा सम्पर्क गरी नियोगले तोकेको समयमा आउनुपर्नेछ ।