NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा अष्टमी - २३

जन्म र मत्यु दर्ता

नेपाली राजदूतावास, बेइजिङबाट जन्म र मत्यु दर्ता प्रकृया शुरुवात गरिएको बारे।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ मा विदेश स्थित नेपाली नियोगबाट समेत पञ्जीकरण सम्बन्धी कार्य गरिने व्यवस्था भए बमोजिम मिति २०८०/११/२१ देखि नेपाली राजदूतावास, बेइजिङबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता प्रकृया शुरुवात गरिएको व्यहोरा सबैलाई जानकारी गराईन्छ ।

जन्म र मत्युदर्ता गर्ने सम्बन्धी जानकारी

१. कसको घटना दर्ता हुन्छ?

हाललाई यस नियोग सम्बन्धित देशमा रहेका नेपाली बाबुआमाबाट जन्म भएका बच्चा र मृत्यु भएका नेपाली नागरिकको मात्र घटना दर्ता हुन्छ ।

२. घटना दर्ताको सूचना कसले दिने?

जन्मको हकमा सम्बन्धित देशमा रहेका बच्चाको बाबु वा आमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले, मृत्युको हकमा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीले वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले घटना दर्ताको सूचना दिने ।

३. घटना दर्ताको सूचना कसरी दिने?

कानुनी रुपमा सूचना दिन योग्य व्यक्ति स्वयं यस नेपाली नियोगमा उपस्थित भएर वा अनलाईन पोर्टल https://public.donidcr.gov.np/ मार्फत (अनलाईन पोर्टलको लिङ्क राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाईट https://donidcr.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ)

४. नेपालमा दर्ता भएका घटना दर्ताको नेपाली नियोगबाट संशोधन वा प्रतिलिपि निकाल्न सकिन्छ?

हाल ला यो सुविधा उपलब्ध छैन। सम्बन्धित नियोगमा दर्ता भएका घटना दर्ताको मात्र संशोधन वा प्रतिलिपि निकाल्न सकिन्छ व्यवस्था रहेको छ ।

५. जन्म र मृत्युको सूचना फाराम कहाँबाट प्राप्त गर्न सकिन्छ?

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाईट https://donidcr.gov.np/Download/News?id=5&Did=2 बाट प्राप्त गर्न सकिनेछ ।

६. घटना दर्ताको प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ?

अनलाईन सूचना फाराम भरी संलग्न गर्नुपर्ने कागजातको सक्कल प्रति सहित सूचक यस नियोगमा उपस्थित हनुपर्नेछ र यस नियोगको स्थानीय पञ्जीकाधिकारले आवश्यक विवरण रुजु गरी प्रमाणपत्र उपलब्ध गराउनेछन्। अनलाईन मार्फत सूचना फाराम भर्न असमर्थ भएमा संलग्न गर्नुपर्ने कागजात र सूचना फारामको सक्कल प्रति सहित यस नियोगमा उपस्थित भई प्राप्त गर्न सकिनेछ।

७. संलग्न गर्नुपर्ने कागजातहरु के-के हुन्?

जन्म दर्ता

· बाबु वा आमाको नागरिकता वा राहदानी प्रमाणपत्रको प्रतिलिपि,

· स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी प्रमाण,

· घरमा जन्म भएको भए पहिलो खोप दिएको प्रमाण र

· जन्मको सूचना फाराम ।

मृत्यु दर्ता

· मृतकको नागरिकता वा राहदानी प्रमाणपत्रको प्रतिलिपि (बनेको भएमा),

· सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

· स्वास्थ्य संस्था/ अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी प्रमाण र

· मृत्यु दर्ताको सूचना फाराम ।

८. घटना दर्ता गर्दा शुल्क तिर्नु पर्दछ?

घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन । ३५ दिन भन्दा ढिला हुन गएमा २५ अमेरिकी डलर वा १85 चिनियाँ युआन बिलम्ब शल्कु बापत तिर्नुपर्ने हुन्छ ।

९. संशोधन वा प्रतिलिपिको शुल्क लाग्छ वा लाग्दैन?

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को अनुसूची- ३ बमोजिम ३० अमेरिकी डलर वा २२५ चिनियाँ युआन शुल्क लाग्दछ।

१०. नेपाली नियोगमा दर्ता भएको व्यक्तिगत घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दछ ?

एक पटक नेपाली नियोगमा दर्ता भएको घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पदैन ।