चार्टर फ्लाइट सम्बन्धी सूचना

नेपाली राजदूतावास बेइजिङ

सूचना

१‍  चीनमा रहनुभएका नेपाली नागरिकहरुका लागि हिमालय एयरलाइन्सले देहायबमोजिमको थियान्जिन-काठमाडौँ चार्टर उडान गर्ने योजना गरिरहेको व्यहोरा अनुरोध छ । 

थियान्जिन-काठमाडौँ चार्टर फ्लाइट

मिति ९ जुलाई २०२०

उडान नम्बर H9 7602

थियान्जिनबाट काठमाडौँ प्रस्थान गर्ने समय: बिहान ८:५० बजे जुलाई ९ (स्थानीय समयानुसार)

२ तसर्थ चीनबाट नेपाल फर्कन चाहनुहुने नेपाली नागरिकहरुलाई टिकट बुकिङ/खरिदका लागि हिमालय एयरलाइन्सका निम्न शाखाहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ :

काठमाडौँ                                                                          बेइजिङ

सुशील बस्नेत                                                                   चाङ स्याओजी

(+९७७) ९८५१०८४८०३                                                   (+८६) १८६१२८६३१९१

३ टिकट बुकिङ र खरिद, टिकटको मूल्य, लगेज आदिका बारेमा जानकारी लिन माथि उल्लिखित फोन नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ । 

४ न्यूक्लिक एसिड टेष्ट/पिसिआर टे‍ष्ट रिपोर्ट नेगेटिभ आएका यात्रुलाई नेपालमा आफ्नै घरमा १४ दिनको क्वारान्टिनमा बस्ने अनुमति प्राप्त हुनेछ । त्यस्तो रिपोर्ट काठमाडौँ उत्रनु भन्दा बढीमा सात दिन अघिसम्म प्राप्त गरेको हुनुपर्नेछ । 

५ आफ्नै घरमा क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिमको प्रोटोकल पालन गर्नुपर्ने छ । 

६ हिमालय एयरलाइन्सले जुलाई ९ का लागि थियान्जिन काठमाडौँ सम्मको उडान गर्ने अनुमतिका लागि सम्बन्धित निकायहरुमा आवेदन गरिसकेको छ । सो बमोजिमको अनुमति प्राप्त भएपछि मात्र उक्त उडान सुनिश्चित हुने हुँदा एयरलाइन्सले उडान सुनिश्चित भएको जानकारी दिएपछि मात्र कोभिड टेष्ट गर्ने वा आफू रहेको प्रान्त वा शहरबाट थियान्जिनसम्मका लागि टिकट खरिद गर्ने आदि कार्यहरु गर्नुहुन अनुरोध छ । 

७ नेपाल सम्मको उडानको टिकट खरिद गरिसकेपछि निम्न दुई वटा फाराम भर्नुहुन अनुरोध छ । 

क। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित फाराम

https://ccmc.gov.np/arms/person_add.php.

ख। थियान्जिन-काठमाडौँ उडानका लागि टिकट खरीद गर्ने यात्रुहरुले भर्नुपर्ने फाराम 

https://www.wjx.top/jq/83672090.aspx. 

माथि उल्लिखित फारामहरुमा उपलब्ध हुने सूचनाका माध्यमबाट नेपालको विमानस्थल/होल्डिङ एरिया तथा थियान्जिन विमानस्थलमा प्रस्थानसम्बन्धी प्रकृया पूरा गर्न सहज हुने भएकाले टिकट खरिद गरिसकेपछि यथाशीघ्र यथार्थ विवरण भर्नुहुन अनुरोध छ । 

थप जानकारी वा सहयोगका लागि निम्न टेलिफोन नम्बरहरुममा सम्पर्क गर्न सकिने छः

१ द्वीतिय सचिव दिपक विक फोन नं १५६ ५०७२ ००६९ 

२ तृतीय सचिव उत्तमप्रसाद न्यौपाने फोन नं १५७ ०१२८ ५७६३ 

***