Nepal-China Friendship Run सम्बन्धी सूचना

नेपाली राजदूतावास, बेइजिङ्गले चीनको General Administration of Sports को सहयोगमा यही २१ जुन २०१८ मा Nepal-China Friendship Run आयोजना गर्न गइरहेकोले सो कार्यक्रममा सहभागी हुन इच्छुक नेपालीहरुलाई दूतावासको इमेल ठेगाना beijing@nepalembassy.org.cn मा नाम दर्ता गर्न हार्दिक अनुरोध गरिन्छ ।

नाम दर्ता गर्ने अन्तिम मिति: शुक्रवार, १५ जुन २०१८ अपरान्ह ४:०० बजे सम्म (पहिला दर्ता हुनेलाई पहिलो प्राथमिकताको आधारमा १०० जना मात्र सहभागी हुन सक्ने भएकोले सो संख्या पुगेपश्चात् दर्ता बन्द गरिने छ)

कार्यक्रमको मिति, समय र स्थान:
मिति: २१ जुन २०१८
समय: बिहान ७:०० बजे
स्थान: Beijing Sports University
No. 48 Xin Xi Road
Hai Dian District, Beijing

पुनश्च:

  1. राजदूतावासले दौडका सहभागीहरुलाई कार्यक्रम अंकित भेस्ट उपलब्ध गराउने छ।
  2. दौडमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

(नाम दर्ता गर्दा इमेलको Subject field मा Nepal-China Friendship Run उल्लेख गर्नुहोला)