विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

नेपाली राजदूतावास, बेइजिङको जरुरी सूचना

कोरोनाभाइरस (COVID-19) प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहनुभएका नेपालीहरुको अद्यावधिक विवरण सङ्कलन गर्ने कार्य भइरहेको हुँदा चीनका विभिन्न प्रान्तमा रहनुभएका सम्पूर्ण नेपालीहरु (हालका लागि नेपाल फर्कनुभएका समेत्) लाई आफ्नो वैयक्तिक विवरण उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ । https://www.wjx.cn/m/60612057.aspx मा क्लिक गरेर वैयक्तिक विवरण फाराम भर्न सकिनेछ ।

यस बमोजिम संकलित विवरणले चीनमा रहनुभएका नेपालीहरुलाई विविध प्रकृतिको सेवा प्रदान गर्न सहज हुने समेत् दूतावासको अपेक्षा रहेको छ ।

तसर्थ, यो सूचना चीनमा रहनुहुने सबै नेपालीहरुमाझ प्रचारप्रसार गरी विवरण संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन हार्दिक अनुरोध छ ।

मितिः १६ फाल्गुण २०७६ (२८ फेब्रुअरी २०२०)

सूचना