विवरण उपलब्ध गराउने सम्बन्धी जरुरी सूचना

नेपाली राजदूतावास बेइजिङको जरूरी सूचना

कोभिड-१९ महामारीबीच नेपालमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएको कारण चीनबाट नेपाल फर्कन नपाउनुभएका तर स्वदेश फर्कनुपर्ने वाध्यात्मक अवस्थामा रहनुभएका नेपाली नागरिकहरुको विवरण संकलन भइरहेको छ । तसर्थ, यही जुन ०७, २०२० भित्र यसैसाथ संलग्न फाराम भरी आवश्यक विवरण उपलब्ध गराइदिनुहुन जनबादी गणतन्त्र चीनमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास, बेइजिङ हार्दिक अनुरोध गर्दछ । संकलित विवरणका आधारमा भविष्यमा संचालन हुनसक्ने चार्टर उडानबारे पछि जानकारी गराइने छ ।

विवरण भर्दा देहायका विषयमा विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध छः

  • विवरण भर्न https://www.wjx.cn/jq/80254977.aspx मा क्लिक गरी फाराम भर्नुहोला । नेपाल फर्कने यात्रा सुनिश्चित गर्न र नेपाल पुगेपछि क्वारेन्टिन लगायतका अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न आवश्यक पर्ने भएकोले यथार्थ र पूर्ण विवरण उपलब्ध गराई सहयोग गर्नुहुन विशेष अनुरोध छ ।
  • नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने व्यहोरा अनुरोध छ ।
  • तपाईँलाई बेइजिङ वा ग्वाङजाओ मध्ये कुन विमानस्थलबाट नेपाल जान सहज हुन्छ, फाराममा स्पष्ट उल्लेख गर्नुहोला। तीमध्ये अधिकतम यात्रुलाई सहज हुने एउटा विमानस्थलबाट उडान सञ्चालन हुन सक्नेछ ।
  • नेपाल पुगेपश्चात् अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसैले विवरण भर्दा होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भन्ने व्यहोरा खुलाउनु पर्नेछ ।
  • स्वदेश फर्कन चाहने व्यक्तिले उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर. वा आर.डि. टी. वा अन्य) प्रमाण साथमा राख्नुपर्ने छ । उक्त प्रमाणपत्र नेपालको विमानस्थल अध्यागमनमा समेत देखाउनु पर्नेछ ।
  • चौध दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सुरक्षा प्रोटोकलको उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
  • थप जानकारीका लागि द्वितिय सचिव श्री दिपक वि.क. (फोन नं. १५६ ५०७२ ००६९) वा तृतीय सचिव श्री उत्तम प्रसाद न्यौपाने (फोन नं. १५७ ०१२८ ५७६३) सँग सम्पर्क गर्न सकिनेछ ।

 मितिः २०७७।०२।२०