भेटघाट कार्यक्रमसम्बन्धी सूचना


सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले यही १९ देखि २४ जुन २०१८ सम्म गर्नुहुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको अवसरमा नेपाली राजदूतावास, बेइजिङ्गले सम्माननीय प्रधानमन्त्रीज्यूसँग नेपाली समुदायको भेटघाट कार्यक्रमको आयोजना गर्ने भएकोले कार्यक्रममा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुलाई राजदूतावासको इमेल ठेगाना beijing@nepalembassy.org.cn मा जुन १६, २०१८ भित्र नाम दर्ता गर्न अनुरोध गरिन्छ ।

कार्यक्रमको मिति, समय र स्थान:
मिति: २० जुन २०१८
समय: बिहान ८:०० बजेदेखि ९:०० बजेसम्म
स्थान: नेपाली राजदूतावास, बेइजिङ्ग

पुनश्च:
1. बिहान ७:४५ अगावै राजदूतावासमा प्रवेश गरिसक्नुपर्ने छ ।
२. नाम दर्ता गर्दा इमेलको Subject field मा Meeting with Nepali Community उल्लेख गर्नुहोला ।