प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, बेइजिङले आज मिति २०७९।०३।१५ (तद्‍नुसार २०२२।०६।२९) देखि विद्युतीय राहदानी (e-Passport) सेवा सुरु गरेको छ। नियोगमा विद्युतीय राहदानीको आवेदन दिनुभएका एक जना नेपाली नागरिकको आवेदनलाई आज Verification, Live Enrolment र Validation को कार्य पूरा गरी राहदानी विभागमा छपाईका लागि पठाइएको छ । यस नियोगले आवेदकको संख्याको आधारमा आवेदन लिने व्यवस्था गरेको छ। साथै, अनलाइन राहदानी आवेदनको प्रक्रियालाई ध्यानमा राखी आवश्यकतानुसार सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था समेत मिलाइएको छ। यस नियोगले विद्युतीय राहदानी सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउँदै लैजाने छ।

नेपाली राजदूतावास, बेइजिङ।
२०७९।३।१५