दोस्रो चार्टर फ्लाइटका लागि विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

नेपाली राजदूतावास बेइजिङको जरूरी सूचना

कोभिड-१९ महामारीबीच नेपालमा अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएको कारण चीनबाट नेपाल फर्कन नपाउनुभएका नागरिकहरुलाई स्वदेश फर्कन सहज होस् भनेर यही जुलाईको अन्त्य अथवा अगष्ट महिनाको शुरुमा चार्टर उडान सञ्चालन गर्ने योजना भइरहेको व्यहोरा अनुरोध छ । तसर्थ, यही जुलाई २०, २०२० (२०७७ साल श्रावण ५ गते ) भित्र यसैसाथ संलग्न फाराम भरी आवश्यक विवरण उपलब्ध गराइदिनुहुन जनबादी गणतन्त्र चीनमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास, बेइजिङ हार्दिक अनुरोध गर्दछ । संकलित विवरणका आधारमा चार्टर उडानबारे पछि जानकारी गराइने छ ।

विवरण भर्दा देहायका विषयमा विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध छः

  • विवरण भर्न https://www.wjx.cn/m/85030014.aspx  मा क्लिक गरी फाराम भर्नुहोला । नेपाल फर्कने यात्रा सुनिश्चित गर्न र नेपाल पुगेपछि क्वारेन्टिन लगायतका अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न आवश्यक पर्ने भएकोले यथार्थ र पूर्ण विवरण उपलब्ध गराई सहयोग गर्नुहुन विशेष अनुरोध छ ।
  • नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने व्यहोरा अनुरोध छ ।
  • स्वदेश फर्कन चाहने व्यक्तिले उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर.) प्रमाण साथमा राख्नुपर्ने छ । उक्त प्रमाणपत्र नेपालको विमानस्थल अध्यागमनमा समेत देखाउनु पर्नेछ । चीनमै पिसिआर टेष्ट गरेमा नेपालमा आफ्नै घरमा क्वारेन्टिनमा बस्न सकिनेछ ।
  • चौध दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सुरक्षा प्रोटोकलको उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
  • थप जानकारीका लागि द्वितिय सचिव श्री दिपक वि.क. (फोन नं. १५६ ५०७२ ००६९) वा तृतीय सचिव श्री उत्तम प्रसाद न्यौपाने (फोन नं. १५७ ०१२८ ५७६३) सँग सम्पर्क गर्न सकिनेछ ।

 मितिः २०७७।०४।०२