थियान्जिन-काठमाडौँ चार्टर उडान H9 7602 बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

थियान्जिन-काठमाडौँ चार्टर उडान H9 7602 बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

हिमालय एयरलाइन्सले मिति ९ जुलाई २०२० मा संचालन गर्नलागेको थियान्जिन-काठमाडौँ चार्टर फ्लाइट उडान नम्बर H9 7602 बाट नेपाल जानलाग्नु भएका यात्रुहरुलाई देहायबमोजिमको प्रकृया पालना गर्नुहुन अनुरोध छः

  • चीनका विभिन्न प्रान्तमा रहनुभएका यात्रुहरुले सकेसम्म जुलाई ८ को राति १२ बजेसम्म थियान्जिन बिनहाइ अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्नेगरी यात्राको प्रबन्ध मिलाउनुहुन अनुरोध छ ।
  • नेपाल उड्नुअघि थियान्जिन विमानस्थलमा सबै यात्रुको तापक्रम जाँच हुने भएकाले नेपाल फर्कन नसक्ने अवस्था आएमा आफ्नो विश्वविद्यालय वा पूर्ववत् स्थानमै फर्कने कुरा सम्बन्धित विश्वविद्यालय वा कार्यालयलाई अग्रिम जानकारी गराएर मात्र थियान्जिन तर्फ यात्रा गर्नुहुन अनुरोध छ ।
  • नेपाल पुगेपछि यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टरमा लगिनेछ । न्यूक्लिक एसिड टेष्ट/पिसिआर टे‍ष्ट रिपोर्ट नेगेटिभ आएका यात्रुलाई आफ्नै घरमा १४ दिनको क्वारान्टिनमा बस्ने अनुमति प्राप्त हुनेछ। आफ्नै घरमा क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य सम्बन्धी प्रोटोकल (https://ccmc.gov.np/doc_upload/asymptomatic-travelers.pdf) पालन गर्नुपर्ने छ। विस्तृत विवरण https://ccmc.gov.np/ मा उपलब्ध छ ।
  • टिकट खरिद गरिसकेपछि निम्न दुई वटा फाराम भर्नुहुन अनुरोध छ ।
  • नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य स्व-घोषणा फाराम https://ccmc.gov.np/arms/person_add.php

(नेपालको विमानस्थलस्थित हेल्थ डेस्कमा बुझाउनका लागि यो फारामको दुई प्रति प्रिन्ट गरेर आफूसाथै राख्नुहोला। आफ्नो सिट नम्बर बोर्डिङ पास प्राप्त गरेपछि हातैले थप्न सकिने छ)

ख. थियान्जिन-काठमाडौँ उडानका लागि टिकट खरीद गर्ने यात्रुहरुले न्यूक्लिक एसिड टेष्ट रिपोर्ट अपलोड गरी भर्नुपर्ने फाराम  https://docs.qq.com/sheet/DSURaRlRFT0ptV3JV

  • थप जानकारी वा सहयोगका लागि निम्न टेलिफोन नम्बरहरुममा सम्पर्क गर्न सकिने छः
  • द्वीतिय सचिव दिपक विकफोन नं १५६ ५०७२ ००६९
  • तृतीय सचिव उत्तमप्रसाद न्यौपानेफोन नं १५७ ०१२८ ५७६३     ***