कुन्मिङ-काठमाडौँ चार्टर उडान HIM 7842  बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

कुन्मिङ-काठमाडौँ चार्टर उडान HIM 7842  बाट नेपाल जान लाग्नुभएका यात्रुहरुका लागि सूचना

हिमालय एयरलाइन्सले मिति ३१ जुलाई २०२० मा संचालन गर्नलागेको कुन्मिङ-काठमाडौँ चार्टर फ्लाइटबाट नेपाल जानलाग्नु भएका यात्रुहरुलाई देहायबमोजिमको प्रकृया पालना गर्नुहुन अनुरोध छः

  • उक्त चार्टर फ्लाइटबाट नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरुले आवश्यक विवरण उपलब्ध गराउन https://www.wjx.cn/m/85030014.aspx  मा क्लिक गरी फाराम भर्नुहोला ।
  • कुन्मिङबाट शुक्रबार ३१ जुलाई दिउँसो १३१५ बजे जहाज उड्ने भएकाले सो समय भन्दा कम्तिमा ४ घण्टा अगावै कुन्मिङ छाङश्वे अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्नेगरी यात्राको प्रबन्ध मिलाउनुहुन अनुरोध छ ।
  • नेपाल उड्नुअघि कुन्मिङ विमानस्थलमा सबै यात्रुको तापक्रम जाँच हुने भएकाले नेपाल फर्कन नसक्ने अवस्था आएमा आफ्नो विश्वविद्यालय वा पूर्ववत् स्थानमै फर्कने कुरा सम्बन्धित विश्वविद्यालय वा कार्यालयलाई अग्रिम जानकारी गराएर मात्र कुन्मिङतर्फ यात्रा गर्नुहुन अनुरोध छ ।
  • नेपाल जानुभन्दा बढीमा सात दिनअघि (अर्थात् २४ जुलाई वा त्यसपछि) प्रत्येक यात्रुले अनिवार्य रुपमा न्यूक्लिक एसिड टेष्ट/पिसिआर टे‍ष्ट गर्नुपर्नेछ । होम क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य सम्बन्धी प्रोटोकल (https://ccmc.gov.np/doc_upload/asymptomatic-travelers.pdf) पालन गर्नुपर्ने छ। विस्तृत विवरण https://ccmc.gov.np/ मा उपलब्ध छ ।
  • कुन्मिङ-काठमाडौँ हवाइ टिकट खरिद गरिसकेपछि निम्न दुई वटा फाराम भर्नुहुन अनुरोध छ ।
  • १. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य स्व-घोषणा फाराम https://ccmc.gov.np/arms/person_add.php

(नेपालको विमानस्थलस्थित हेल्थ डेस्कमा बुझाउनका लागि यो फारामको दुई प्रति प्रिन्ट गरेर आफूसाथै राख्नुहोला। आफ्नो सिट नम्बर बोर्डिङ पास प्राप्त गरेपछि हातैले थप्न सकिने छ)

  • २. कुन्मिङ-काठमाडौँ उडानका लागि टिकट खरीद गर्ने यात्रुहरुले न्यूक्लिक एसिड टेष्ट रिपोर्ट अपलोड गरी भर्नुपर्ने फाराम https://docs.qq.com/sheet/DSXVmdWJPTGt5WkNu
  • टिकट खरीद गर्ने तरीका, मूल्य तथा लगेज सम्बन्धमा हिमालय एयरलाइन्ससँग देहायबमोजिम सम्पर्क गर्नुहोला ।

नेपालमाः सुशील बस्नेत फोन नं. +९७७–९८५१० ८४८०३

चीनमाः चाङ स्याओजि +८६–१८६१ २८६ ३१९१

  • थप जानकारी वा सहयोगका लागि निम्न टेलिफोन नम्बरहरुममा सम्पर्क गर्न सकिने छः

द्वीतिय सचिव श्रुती कडरिया फोन नं +८६–१३२ ६०३५ ०६७०

तृतीय सचिव उत्तमप्रसाद न्यौपाने फोन नं +८६–१५७ ०१२८ ५७६३

***